National life
cg eloctronics

बैंकहरूबीच पैसाको कारोबार झन्डै दोब्बर, पहिलो त्रैमासमै ५.७९ खर्ब पुग्यो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१२ घण्टा अगाडि|०६ मंसिर २०८३, आइतबार
699Shares
बैंकहरूबीच पैसाको कारोबार झन्डै दोब्बर, पहिलो त्रैमासमै ५.७९ खर्ब पुग्यो
muktinatha bikash bank

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरूबीच हुने अन्तरबैंक कारोबार झन्डै दोब्बर पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा २ खर्ब ९५ अर्ब ४३ करोड रुपैयाँ रहेको यस्तो कारोबार यस वर्ष बढेर ५ खर्ब ७९ अर्ब ८८ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वाणिज्य बैंकहरूबीच मात्रै ५ खर्ब ४५ अर्ब ७५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै, वाणिज्य बैंकहरूबीचको कारोबारबाहेक अन्य बैंक तथा वित्तीय संस्थाबीच ३४ अर्ब १३ करोड रुपैयाँ बराबरको अन्तरबैंक कारोबार भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कुल अन्तरबैंक कारोबार २ खर्ब ९५ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो। त्यसमध्ये वाणिज्य बैंकहरूबीच २ खर्ब ४२ अर्ब ७९ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरूबीच ५२ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

यसरी एक वर्षको अवधिमा अन्तरबैंक कारोबार २ खर्ब ८४ अर्ब ४५ करोड रुपैयाँले बढेको छ। वाणिज्य बैंकहरूबीचको कारोबारमा उल्लेख्य विस्तार देखिए पनि अन्य बैंक तथा वित्तीय संस्थाबीचको कारोबार भने अघिल्लो वर्षको तुलनामा घटेको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
699SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?