National life
cg eloctronics

नयाँदिल्लीमा आज प्रधानमन्त्री शाह र मोदीबीच औपचारिक भेटवार्ता

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|०७ मंसिर २०८३, सोमबार
560Shares
नयाँदिल्लीमा आज प्रधानमन्त्री शाह र मोदीबीच औपचारिक भेटवार्ता
muktinatha bikash bank

काठमाडौं- भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले आज नयाँदिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग औपचारिक भेटवार्ता गर्दैछन्। बिहान ११ बजे हैदराबाद हाउसमा दुई देशका प्रधानमन्त्रीबीच भेटवार्ता हुने कार्यक्रम तय भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार द्विपक्षीय बैठकमा आर्थिक सहकार्य विस्तार र ऐतिहासिक सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल हुनेछ।

भ्रमणका क्रममा करिब २ अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहयोग, नयाँ हवाई मार्गको स्वीकृति र नेपालमा भारतीय कम्पनीको लगानी भित्र्याउने विषय मुख्य एजेन्डाका रूपमा रहेका छन्। बिहान १० बजे राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहलाई औपचारिक स्वागत गरिनेछ भने १०:४० बजे उनले राजघाट पुगेर श्रद्धाञ्जलि अर्पण गर्नेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3

बिहान ११:५० बजे दुवै देशका प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता हुनेछ। दिउँसो १२:३५ बजे विभिन्न परियोजनाको भर्चुअल उद्घाटन, सम्झौता आदानप्रदान र प्रेस वक्तव्य जारी गर्ने कार्यतालिका रहेको छ। त्यसपछि दिउँसो १:१५ बजे भारतीय प्रधानमन्त्रीले आयोजना गर्ने दिवाभोजमा प्रधानमन्त्री शाह सहभागी हुनेछन्। सोमबार दिउँसो ३:१५ बजे प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
560SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?