National life
cg eloctronics

बालेनको भारत भ्रमणमा बिजनेस राउन्डटेबल, तर भारतीय मन्त्री भने कोही नहुने!

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
११ घण्टा अगाडि|०६ मंसिर २०८३, आइतबार
1.1kShares
बालेनको भारत भ्रमणमा बिजनेस राउन्डटेबल, तर भारतीय मन्त्री भने कोही नहुने!
muktinatha bikash bank

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा आयोजना हुने बिजनेस राउन्डटेबल बैठकमा भारतीय सरकारका कुनै मन्त्री सहभागी नहुने भएका छन् । सार्वजनिक कार्यक्रम तालिका र विभिन्न सञ्चारमाध्यमका रिपोर्टअनुसार उक्त बैठकमा भारतीय मन्त्रीस्तरीय सहभागिता रहने छैन ।

कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (CII) र नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) ले संयुक्त रूपमा आयोजना गर्ने बिजनेस राउन्डटेबलमा नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल सहभागी हुने कार्यक्रम छ । बैठकमा नेपाल र भारतका विभिन्न उद्योगी तथा व्यवसायीहरूको सहभागिता रहनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

तर, सार्वजनिक कार्यक्रम तालिकामा भारतीय सरकारका कुनै मन्त्रीको नाम वक्ताका रूपमा उल्लेख छैन । यही विषयलाई विभिन्न सञ्चारमाध्यमले पनि भारतीय मन्त्रीस्तरीय सहभागिता नरहने भन्दै रिपोर्ट गरेका छन् । यद्यपि, कार्यक्रम तालिकामा नाम नहुनु र भारत सरकारले औपचारिक रूपमा मन्त्री सहभागी नहुने घोषणा गर्नु फरक विषय हो ।

everest bank

प्रधानमन्त्री शाहको राजकीय भारत भ्रमणका क्रममा व्यापार, लगानी तथा आर्थिक सहकार्यलाई महत्वपूर्ण एजेन्डाका रूपमा हेरिएको छ । यस्तो अवस्थामा दुई देशका व्यवसायीबीच लगानी र व्यापार विस्तारबारे छलफल हुने बिजनेस राउन्डटेबलमा भारतीय मन्त्रीस्तरीय प्रतिनिधित्व नहुने विषय चासोको केन्द्र बनेको छ ।

प्रधानमन्त्री शाह शनिबार दुईदिने राजकीय भ्रमणका लागि नयाँदिल्ली पुगेका छन् । भ्रमणका क्रममा सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?